जापान आर्थिक मन्दीको खतरा बाहिर,बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
काठमाण्डौ । जापान आर्थिक मन्दीको दुष्चक्रबाट बाहिर निक्लिएको छ । चौथौ त्रैमासमा अर्थतन्त्रमा वार्षिक ०.४ प्रतिशतको वृद्धि देखिएसँगै जापानले आर्थिक मन्दीको खतरालाई टारेको हो । यो वृद्धि ०.४ प्रतिशत संकुचन आउने सुरुवाति आँकलनभन्दा राम्रो हो । यद्यपी यो वृद्धि अर्थशास्त्रीहरुले गरेको १.१ प्रतिशत वृद्धिको प्रक्ष्येपणभन्दा भने कम नै हो ।