अदालतको आदेशपछि ट्रम्प प्रशासनले गर्यो १०० अर्ब डलर ट्यारिफ फिर्ता
काठमाण्डौ । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन अधिकार प्रयोग गरेर लगाएका अधिकांश आयात शुल्क (ट्यारिफ) अवैध ठहर गरेपछि ट्रम्प प्रशासनले १०० अर्ब डलरबराबरको शुल्क फिर्ता गरेको छ।अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार सर्वोच्च अदालतको फैसलाअघि ट्रम्प प्रशासनले आयातकर्ताबाट करिब १६६ अर्ब डलर शुल्क संकलन गरेको थियो। अदालतको निर्णयपछि...

