नारायणी डेभलपमेन्ट बैंक नाफामा फर्कियो, खराब कर्जा भने अझै ४९ प्रतिशत
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ । बैंकले असोज मसान्तसम्म २९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंक २ करोड २१ लाख रुपैयाँ खुद घाटामा थियो ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद ब्याज आम्दानी १२ लाख ३० हजार रुपैयाँ...

