सोमबार, भाद्र १,२०८३ 09:24:20
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 09:24:20
Bizshala
Global IME Bank Limited

संयुक्त राष्ट्रसंघमा भारतले पाकिस्तानलाई भन्यो ‘अन्तर्राष्ट्रिय सहायतामा निर्भर असफल देश’

संयुक्त राष्ट्रसंघमा भारतले पाकिस्तानलाई भन्यो ‘अन्तर्राष्ट्रिय सहायतामा निर्भर असफल देश’
New Office

काठमाण्डौ । भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा पाकिस्तानलाई ‘असफल देश’ भन्दै अन्तर्राष्ट्रिय सहायतामा मात्र निर्भर रहेको कडा टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसंघमा बसेको मानवअधिकार परिषद्को ५८ औँ बैठकमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वले सेनाले प्रचार गरेको झूट फैलाएको आरोप लगाए ।

पाकिस्तानका कानून मन्त्री आजम नाजिर तरारको आरोप लगत्तै त्यागीले उक्त बयान दिएका थिए, जसमा तारारले जम्मू–कश्मीरमा मानवअधिकार उल्लङ्घन भइरहेको बताएका थिए। त्यागीले भने, ‘पाकिस्तानले कश्मीर र भारतलाई लिएर लगातार झूट फैलाइरहेको दुःखद कुरा हो । पाकिस्तानका प्रतिनिधिहरूले ओआईसी जस्ता फोरमको खिल्ली उडाउँछन्। पाकिस्तानले ओआईसीलाई आफ्नो मुखपत्रको रूपमा प्रयोग गरेर दुरुपयोग गरिरहेको छ।’

Bizshala
CG Motors

क्षितिजले भने, ‘जम्मु कश्मीर र लद्दाख केन्द्र शासित प्रदेशहरू सधैं भारतको अभिन्न अंग थिए र भविष्यमा पनि रहनेछन्। विगत केही वर्षमा जम्मू कश्मीरमा भएको अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक प्रगतिले आफ्नै कथा बताउँछ।’

मन्तव्यको अन्त्यमा त्यागीले भने, ‘अस्थिर र अन्तर्राष्ट्रिय सहायतामा बाँचिरहेको असफल राष्ट्रले यस परिषद्को समय खेर फाल्नु दुर्भाग्यपूर्ण हो ।’

उनले भारतको बारेमा धेरै सोच्नुको सट्टा पाकिस्तानले आफ्ना नागरिकको समस्या हटाउन ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.