काठमाण्डौ । पाकिस्तानसँगको गोलाबारीमा मारिने भारतीय नागरिकको संख्या १० पुगेको छ । भारतीय सेनाका एक उच्च अधिकारीले पाकिस्तान सेनाको आक्रमणमा परी १० जना भारतीयको मृत्यु भएको र ३२ जना घाइते भएको पुष्टि गरेका हुन् ।
यी सबै मृत्यु भारत र पाकिस्तान बीचको पुन्च जिल्लामा नियन्त्रण रेखा नजिक भएको जनाइएको छ । यसैबीच पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई हमला र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताएका छन् ।
तर, भारतले मिडियालाई पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरले गरेको हवाई हमला ‘मापन र गैर प्रगतिशील’ भएको बताएको छ। भारतले कुनै पनि सैन्य प्रतिष्ठानलाई लक्षित नगरेको दाबी गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                