बुधबार, असार १०,२०८३ 03:08:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय हवाई आक्रमणमा पाकिस्तानी चरमपन्थी संगठन प्रमुखको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु

Laxmi Sunrise Bank Limited
भारतीय हवाई आक्रमणमा पाकिस्तानी चरमपन्थी संगठन प्रमुखको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु

काठमाण्डौ । पाकिस्तानको चरमपन्थी संगठन जैश–ए–मोहम्मदले पाकिस्तानमा भारतको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र चार नजिकका सहयोगी मारिएको बताएको छ।

New Office
CG Motors
Garima Development Bank

यस सम्बन्धमा बुधबार जैश–ए–मोहम्मद (जेईएम)ले एक बयान जारी गरेको थियो। विज्ञप्तिमा मृतकहरूमा मसूद अजहरकी जेठी बहिनी र जेठाजु, भतिजा, भतिजाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चाहरू रहेको जनाइएको छ ।  

जैश–ए–मोहम्मदले पनि मसूद अजहरका तीन नजिकका सहयोगी र उनीहरूमध्ये एककी आमा हमलामा मारिएको बताएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । फेब्रुअरी २०१९ मा, जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० सैनिकहरू मारिएका थिए।

पाकिस्तानले भारतीय हवाई हमलामा २६ नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारीमा १० भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.