बिहीबार, भाद्र १९,२०८२ 08:44:04
  • बिहीबार, भाद्र १९,२०८२ 08:44:04
Global IME Bank Limited

भारतीय प्रधानमन्त्री मोदीको युरोप भ्रमण र सैनिकहरुको छुट्टी रद्द

Hyundai Nepal
भारतीय प्रधानमन्त्री मोदीको युरोप भ्रमण र सैनिकहरुको छुट्टी रद्द
Shivam Cement

काठमाण्डौ । भारतीय सेनाको अपरेशन सिन्दूरपछि तीव्र गतिमा परिवर्तन भइरहेका घटनाक्रमका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो युरोप भ्रमण रद्द गरेका छन् । भारतीय सेनाले पाकिस्तान प्रशासित कश्मीर अर्थात् पीओकेमा मंगलबार अबेर राति आतंककारी लक्ष्यहरूमा हमला गरेको थियो।

भारतले पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पाकिस्तानका २१ शिविर र ९ आतककारी लुकाउने ठाउँमा मिसाइल हमला गरेको जनाएको छ । जानकारी अनुसार यस हमलामा १०० भन्दा बढी मारिएको बताइएको छ । यद्यपी सेनाले यसबारे स्पष्ट पारेको छैन । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ठूलो निर्णय लिएका छन् । प्रधानमन्त्री मोदीले अहिले तीन युरोपेली देशको भ्रमण रद्द गरेका छन् । यस्तो अवस्थामा अपरेसन सिन्दूरपछि के हुने हो भन्ने अड्कलबाजी भइरहेको छ ?

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे, क्रोएसिया र नेदरल्याण्ड्स अर्थात् ३ देशको भ्रमण तत्कालका लागि रद्द गरिएको छ । प्रधानमन्त्री मोदी यी तीन युरोपेली देशहरूमा धेरै महत्त्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए। हालसम्म प्रधानमन्त्री मोदीको विदेश भ्रमण रद्द हुनुको कुनै कारण नखुलेको भएपनि राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण समयलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको छ ।

यस्तै बीएसएफ, सीआरपीएफ, आईटीबीपी, एसएसबी र सीआईएसएफ सहित सबै अर्धसैनिक बलहरूको बिदा तत्काल प्रभावबाट रद्द गरिएको जनाइएको छ। गृह मन्त्रालयले सबै सैनिकलाई सर्तकताका साथ ड्युटीमा रहन र सीमा क्षेत्रमा अधिकतम उपस्थिति दर्ता गराउन निर्देशन दिएको छ ।

जम्मु कश्मीर, पञ्जाब र राजस्थानको सिमानामा थप बल तैनाथ गरिएको छ। रेलवे स्टेशन, एयरपोर्ट, मेट्रो र संवेदनशील प्रतिष्ठानहरूमा पनि सुरक्षा कडा पारिएको छ।

पाकिस्तानमा भएको हवाई हमलापछि भारतले ७ राज्यका ११ वटा विमानस्थलमा उडान बन्द गरेको छ । श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगरमा उडानहरू रोकिएका छन्। यी विमानस्थलहरू पाकिस्तानको सीमासँग जोडिएका छन्। जम्मु कश्मीर, पञ्जाब र राजस्थानका धेरै जिल्लामा विद्यालय बन्द गरिएको छ । देशका धेरै महत्वपूर्ण संस्था र संवेदनशील स्थानको सुरक्षा बढाइएको छ ।

एयर इन्डियाले मे १० मा बिहान ५ः२९ बजेसम्म ९ शहरका सबै उडानहरू रद्द गरेको छ। यी शहरहरूमा जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चंडीगढ र राजकोट रहेका छन् ।  

इन्डिगो एयरलाइन्सका १६० आन्तरिक उडान देशभर रद्द भएका छन् । दिल्ली एयरपोर्टमा विभिन्न एयरलाइन्सका २० उडानहरू पनि रद्द गरिएका छन्।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.