बुधबार, असार १०,२०८३ 03:08:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाकिस्तानलाई लक्षित गर्दै भारतीय सेनाको दाबी, ‘शत्रुलाई हाम्रो वायु रक्षा प्रणाली छिर्न असम्भव थियो’

Laxmi Sunrise Bank Limited
पाकिस्तानलाई लक्षित गर्दै भारतीय सेनाको दाबी, ‘शत्रुलाई हाम्रो वायु रक्षा प्रणाली छिर्न असम्भव थियो’

काठमाण्डौ । मे १२ मा भारतीय सैन्य महानिर्देशकको ‘अपरेशन सिन्दूर’ मा भएको प्रेस ब्रिफिङमा भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानले गरेका धेरै ड्रोन र मिसाइल आक्रमणलाई असफल बनाएको दाबी गरिएको छ।

वायु सेनाका महानिर्देशक एयर मार्शल एके भारतीले देशका लागि वायु रक्षा प्रणाली पर्खाल जस्तै उभिएको बताए ।

उनले भने ‘हाम्रो तर्फबाट वायु रक्षा प्रणाली देशका लागि पर्खाल जस्तै उभिएको र शत्रुलाई छिर्न असम्भव थियो । एयर मार्शल एके भारतीले भने कि भारतको वायु रक्षा प्रणालीले पाकिस्तानले बनाएका ड्रोन र अन्य हतियारहरू खसालेको छ।’

New Office
CG Motors
Garima Development Bank

यसै क्रममा एयर मार्शल एके भारतीले चिनियाँ निर्मित मिसाइल पीएल–१५ पनि उल्लेख गरेका थिए । केही तस्विरहरू देखाउँदै उनले यी भागहरू चिनियाँ मिसाइल पीएल १५ को हुन सक्ने दाबी गरे ।  

उनले भारतमा पाकिस्तानको आक्रमणमा प्रयोग भएको चीनको पीएल १५ मिसाइलले आफ्नो लक्ष्य गुमाएको बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एयर मार्शल एके भारतीले भने, ‘हाम्रो लडाई आतङ्कवाद र आतङ्ककारीहरू विरुद्ध थियो, त्यसैले मे ७ मा हामीले आतङ्कवादी लक्ष्यमा मात्रै आक्रमण गर्‍यौं,’ उनले भने, ‘तर यो दुःखको कुरा हो कि पाकिस्तानी सेनाले आतंककारीहरूलाई समर्थन गर्नु उपयुक्त ठान्यो र यो लडाईलाई आफ्नै युद्ध बनायो। यस्तो अवस्थामा हाम्रो प्रतिकारात्मक कारबाही अत्यन्त आवश्यक थियो र उनीहरूले यसबाट भोग्नुपरेको क्षतिको लागि तिनीहरू आफै जिम्मेवार छन्।’  

एयर मार्शल एके भारतीले पनि देशका सबै सैन्य अड्डाहरू, सबै प्रणाली पूर्ण रूपमा सञ्चालनमा रहेको र आवश्यकता परे भविष्यमा कुनै पनि मिसन पूरा गर्न तयार रहेको जानकारी दिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.