काठमाण्डौ । प्रभु बैंक र काठमाण्डौ–१०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा फ्रन्टलाईन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिनाचित्रकारले संयुक्त रुपमा हस्ताक्षर गरे ।
प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर रहेका छन् ।