काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.५१ प्रतिशत अर्थात १०३.१२ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार २१३ डलरमा कारोबार भईरहेको छ ।
लामो समयदेखि शटडाउन रहेका अमेरिकी सरकारी निकायहरु खुल्ने भएसँगै र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले डिसेम्बर महिनामा फेरि ब्याजदर कटौती गर्ने सम्भावना उच्च भएकाले सुनको मूल्य आकाशिएको विश्लेषकले बताएका छन् ।
यस्तै अमेरिकी १० वर्षे बोण्डको ब्याजदर समेत १ प्रतिशतले घटेको छ । जुन गत नोभेम्बर ५ पछिकै न्यून हो ।
यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको भाउ ६.२२ प्रतिशत अर्थात ३.१७ डलरले बढेर प्रतिऔंस ५४.०९ डलरमा कारोबार भईरहेको छ

