बुधबार, आश्विन २८,२०८३ 08:07:23
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 08:07:23
Bizshala
Global IME Bank Limited

फाइनान्स कम्पनीहरुको ब्यालेन्स्ड सिट कमजोर बन्दै, ९ ले व्यहोरे झण्डै ४८ करोड घाटा

Bizshala
फाइनान्स कम्पनीहरुको ब्यालेन्स्ड सिट कमजोर बन्दै, ९ ले व्यहोरे झण्डै ४८ करोड घाटा
New Office

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले झण्डै २६ करोड घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा १५ फाइनान्स कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ घाटा ब्यहोरेका हुन् ।

गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले ३१ करोड २९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा अधिकांश कम्पनीहरु घाटामा देखिएका छन् । ६ कम्पनी मात्रै नाफामा उक्लिँदा ९ कम्पनीले घाटा ब्यहोरेका छन् । गत आवको सोही अवधिसम्म भने ७ कम्पनी मात्रै घाटामा देखिएका थिए ।

जेनजी आन्दोलनपश्चात् बैंक वित्तीय संस्थाहरुको कर्जा असुली प्रभावित बन्दा नाफामा प्रतिकुल असर देखिएको हो । घाटामा रहेका ९ फाइनान्स कम्पनीले मात्रै सो अवधिसम्म ४७ करोड ९४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

मंसिर मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । यो कम्पनीले ६ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४२।९७ प्रतिशत कम हो ।

त्यस्तै, गुडविल फाइनान्सले ५ करोड ६२ लाख, मन्जुश्री फाइनान्सले ४ करोड ५ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ८० लाख, मल्टीपर्पस फाइनान्सले १ करोड ८७ लाख र श्री इन्भेष्टमेन्ट फाइनान्सले ५८ लाख रुपैयाँ नाफा कमाएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सबैभन्दा धेरै घाटा ब्यहोर्ने कम्पनीमा भने रिलायन्स फाइनान्स रहेको छ । यो कम्पनीले १३ करोड ४२ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सले १२ करोड ५५ लाख, नेपाल फाइनान्सले ५ करोड ८० लाख, बेष्ट फाइनान्सले ५ करोड ४६ लाख, समृद्धि फाइनान्सले ४ करोड ५९ लाख, प्रोग्रेसिभ फाइनान्सले २ करोड ४४ लाख, पोखरा फाइनान्सले १ करोड ६९ लाख, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सले १ करोड ६७ लाख र जानकी फाइनान्सले २७ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

 

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.