काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले प्रकाश मणि घिमिरेलाई कम्पनीको स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
घिमिरेले कम्पनी ऐन, २०६३ को दफा ८९ अनुसार स्वतन्त्र सञ्चालकका लागि आवश्यक सम्पूर्ण योग्यता पूरा गरेको कम्पनीले जनाएको छ। उनको स्वतन्त्र सञ्चालकको कार्यकाल आगामी वार्षिक साधारण सभासम्म कायम रहनेछ र उक्त सभामा नियुक्ति अनुमोदनका लागि प्रस्तुत गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।