बुधबार, चैत्र ४,२०८२ 07:14:52
Bizshala
  • बुधबार, चैत्र ४,२०८२ 07:14:52
Bizshala
Global IME Bank Limited

फाइनान्स कम्पनीहरुको नाफामा सुधार, १२ कम्पनीले कमाए रु.४६.६६ करोड

Hyundai Nepal
फाइनान्स कम्पनीहरुको नाफामा सुधार, १२ कम्पनीले कमाए रु.४६.६६ करोड
Shivam Cement

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् ।

गत आवको सोही अवधिसम्म भने फाइनान्सहरु ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । यस अवधिसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा चालु आवको दोस्रो त्रैमाससम्म दुई कम्पनी मात्रै घाटामा रहेका छन् । सो अवधिसम्म १२ कम्पनी भने नाफामा उक्लिएका छन् । एक दर्जन कम्पनीले मात्रै दोस्रो त्रैमाससम्म ४६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

केही महिनाअघि जेनजी आन्दोलनका कारण फाइनान्स कम्पनीहरुको ऋण असुली प्रभावित बन्दा ब्याज आम्दानी र नाफामा प्रभाव परेको थियो । तर विस्तारै बैंक तथा वित्तीय संस्थाहरुको ऋण असुली सहज हुँदै जादा खराब कर्जाको अवस्था घट्दै गई नाफामा सुधार देखिएको छ ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १५।६३ प्रतिशत बढी हो ।

त्यस्तै, गुडविल फाइनान्सले ११ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ९६५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म गुडविल फाइनान्सले १ करोड ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै गोर्खाज फाइनान्सले ६ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ९१ लाख, आइसीएफसी फाइनान्सले ३ करोड २० लाख, पोखरा फाइनान्सले २ करोड ९५ लाख, वेष्ट फाइनान्सले १ करोड ७४ लाख, गुहेश्वरी मर्चेण्टले १ करोड ६८ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड २१ लाख, मल्टीपर्पस फाइनान्सले ७८ लाख, रिलायन्स फाइनान्सले १७ लाख र समृद्धी फाइनान्सले ११ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सो अवधिसम्म दुई फाइनान्स भने घाटामा रहेका छन् । प्रोग्रेसिभ फाइनान्सले २ करोड ९२ लाख र नेपाल फाइनान्सले ८ करोड ७३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.