शनिबार, श्रावण ९,२०८३ 05:26:57
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:26:57
Bizshala
Global IME Bank Limited

खर्च नियन्त्रणले नेपाल वेयरहाउजिङको घाटा उल्लेख्य घट्यो, आम्दानीमा भने संकुचन

खर्च नियन्त्रणले नेपाल वेयरहाउजिङको घाटा उल्लेख्य घट्यो, आम्दानीमा भने संकुचन
New Office

काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खर्च व्यवस्थापनमा उल्लेख्य सुधार गर्दै घाटा घटाउन सफल भएको छ। यद्यपि, कम्पनीको सञ्चालन आम्दानीमा आएको तीव्र गिरावटले समग्र वित्तीय प्रदर्शनमा दबाब कायमै रहेको देखिन्छ।

कम्पनीले समीक्षा अवधिसम्म २ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ५ करोड ७४ लाख रुपैयाँ घाटाको तुलनामा उल्लेख्य सुधार हो।

घाटा घट्नुको प्रमुख कारण कम्पनीले सञ्चालन तथा प्रशासनिक खर्चमा गरेको कडाइ हो। प्रत्यक्ष सञ्चालन खर्च २९ करोड १६ लाख रुपैयाँबाट घटेर २ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, कर्मचारी सुविधा खर्च, अन्य प्रशासनिक खर्च तथा वित्तीय खर्च पनि घटेका छन्।

तर, खर्च कटौतीका बाबजुद कम्पनीको कुल आम्दानी ८६.५२ प्रतिशतले घटेर ४ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ३१ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। आम्दानीमा आएको यो गिरावटले कम्पनीको सञ्चालन क्षमता र बजार गतिविधिमा चुनौती देखाएको छ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको चालु सम्पत्ति १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने चालु दायित्व ६४ लाख ९२ हजार रुपैयाँ मात्र रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३.०५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०१.२४ रुपैयाँ र मूल्य–आम्दानी अनुपात २७९.१४ गुणा ऋणात्मक कायम भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.