मंगलवार, भाद्र २,२०८३ 06:45:52
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 06:45:52
Bizshala
Global IME Bank Limited

यी हुन् पाकिस्तानका सबैभन्दा धनी व्यक्ति, कति छ सम्पत्ति ?

यी हुन् पाकिस्तानका सबैभन्दा धनी व्यक्ति, कति छ सम्पत्ति ?
New Office

काठमाण्डौ । आर्थिक तथा राजनीतिक उतारचढावको लामो अन्तरालपछि पाकिस्तानमा हालै मात्रै निर्वाचन सम्पन्न भएको छ । कोरोना महामारीपश्चात पाकिस्तानको अर्थव्यवस्था संकटबाट गुज्रदै आईरहेको छ । यहि गरिबी र संकटका बीच पनि केहि पाकिस्तानी नागरिक भने सफल भएका छन् । ती मध्ये मिया मोहम्मद मंशा एक हुन् । मंशालाई पाकिस्तानको मुकेश अम्बानी पनि भन्ने गरिन्छ ।  

मिया मोहम्मद मंशा चिरपरिचित बिजिनेश टाइकुन र पाकिस्तानका सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन् । उनको जन्म सन् १९४१ मा पजांब राज्यको चिनियटमा भएको थियो । मंशाको टेक्टाइल उद्योगको पुर्ख्यौली कारोबार छ । उनको निशात ग्रुप बैंकिङ,रियल ईस्टेट,कपडा,विद्युत उत्पादन र सिमेन्ट उत्पादनमा स्वामित्व भएको विविधिकृत समूह छ ।  

उनी यो समूहको संस्थापक तथा सीईओ हुन् । रिपोर्टका अनुसार मंशाको कुल सम्पत्ति ५ अर्ब डलर छ ।  

Bizshala
CG Motors

मंशाले लण्डनबाट ग्रेजुएशन गरेका थिए । उनका बुवा कपास मिलका मालिक थिए । उनले बुवाको सोहि मिललाई अर्बौ डलरको कारोबारका रुपमा स्थापित गरे । उनी टेक्सटाइल मिल्सका मालिक हुन् । यसका साथै,उनको कारोबार सिमेन्ट,विद्युत,बैंकिङ र बीमा क्षेत्रमा समेत फैलिएको छ । मंशा पहिलोपटक सन् २००५ मा पाकिस्तानको सबैभन्दा धनी व्यक्ति बनेका थिए । फोब्र्स २०१० को सूचीमा उनी विश्वको धनाढ्यको सूचीमा ९३७ औं स्थानमा थिए ।  

मंशाले सन् २००८ मा एमसीबी बैंक र मलेशियाको मे बैंकमा लगानी गरेका थिए । मंशा र उनको परिवार पाकिस्तानको सबैभन्दा ठूलो करदाता हुन् । उनीसँग लण्डनसहित विश्वका अन्य देशहरुमा समेत सम्पत्ति छ । मंशाका पूर्वज कोलकत्ताबाट भारत विभाजनपछि पाकिस्तानको पंजाबमा पलायन भएका थिए ।  

मंशा आफ्नो धार्मिक गतिविधिका लागि पनि परिचित छन् । उनले पाकिस्तानको सामाजिक विकास तथा आर्थिक सहयोगका विषयमा महतवपूर्ण योगदान दिएका छन् । -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.