बुधबार, श्रावण १३,२०८३ 01:55:44
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:55:44
Bizshala
Global IME Bank Limited

मनकामना इन्जिनियरिङ नाफामा फर्कियो, आम्दानी बढ्नुका साथै वित्त खर्च घट्यो

मनकामना इन्जिनियरिङ नाफामा फर्कियो, आम्दानी बढ्नुका साथै वित्त खर्च घट्यो
New Office

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । अघिल्लो आवमा घाटामा रहेको कम्पनीले विद्युत बिक्री आम्दानीमा सुधार गर्दै नाफा आर्जन गरेको छ ।

कम्पनीले आफ्नो विद्युत बिक्री आम्दानी १५.५८ प्रतिशतले बढाएको छ । कम्पनीले १०  करोड ५६ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । यससँगै कम्पनीको नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ७४ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको उक्त अवधिसम्म भने कम्पनी १  करोड ८० लाख घाटामा थियो ।

यो अवधिमा कम्पनीको कर्मचारी खर्च २५ लाख ९९ हजार, प्रशासनिक खर्च ५३ लाख ७ हजार रुपैयाँ र वित्त खर्च ३ करोड ७३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च ५ करोड २९ लाख थियो ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २९ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६३.६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६६.८० गुणा र तरलता अनुपात १.१६ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.