काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सर्पोट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।
सर्पोट माइक्रोफाइनान्सको ९.५ प्रतिशत दरको कुल १ लाख १६ हजार ३२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको अब सूचीकृत सेयर संख्या १३ लाख ४० हजार ७५५ कित्ता पुगेको छ ।
त्यस्तै, नागरिक लगानी कोषको ५ प्रतिशत दरको कुल ३२ लाख ४० हजार ८५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको अब सूचीकृत सेयर संख्या ६ करोड ८० लाख ५७ हजार ९८१ कित्ता पुगेको छ ।

