काठमाण्डौ । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा रविन्द्र ढकाल नियुक्त भएका छन् । प्रभु स्टक मार्केटको संचालक समितिको वैशाख २५ गते बसेको बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई कम्पनीको अध्यक्ष चयन गरेको हो ।
ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले आफूलाई प्रतिस्पर्धी एवम् स्टक ब्रोकर संस्थाको रुपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

