शुक्रबार, कार्तिक ६,२०८३ 09:51:07
  • शुक्रबार, कार्तिक ६,२०८३ 09:51:07
Global IME Bank Limited

अघिल्लो दिनको उच्च वृद्धिपछि सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो

Bizshala
अघिल्लो दिनको उच्च वृद्धिपछि सुनको मूल्य घट्यो, चाँदी पनि सस्तो
New Office

काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।  

आइतबार उल्लेख्य रूपमा बढेको सुनको भाउ सोमबार भने ओरालो लाग्दै प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।  

अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला चार हजार सात सय रुपैयाँले बढेर दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।  

आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

 महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।  

पछिल्ला केही सातायता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाले त्यसको असर स्थानीय बजारमा समेत देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ५४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।  

विश्व बजारमा डलरको विनिमय दर, केन्द्रीय बैंकहरूको मौद्रिक नीति, भूराजनीतिक तनाव तथा लगानीकर्ताको मागका आधारमा सुनको मूल्य निर्धारण हुने भएकाले नेपाली बजारको मूल्य पनि दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.