सोमबार, श्रावण १८,२०८३ 06:49:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:49:49
Bizshala
Global IME Bank Limited

बेइजिङ दुर्घटनापछि चीनमा निजी विमान उडानमा अस्थायी प्रतिबन्ध

बेइजिङ दुर्घटनापछि चीनमा निजी विमान उडानमा अस्थायी प्रतिबन्ध
New Office

काठमाण्डा । चीनको राजधानी बेइजिङमा भएको एक विमान दुर्घटनापछि निजी हल्का विमान (लाइट एयरक्राफ्ट) को उडानमा देशव्यापी अस्थायी प्रतिबन्ध लगाइएको छ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्स का अनुसार मनोरञ्जनात्मक उडानलाई लक्षित गर्दै “हवाई क्षेत्र नियन्त्रण आदेश” जारी गरिएको हो।

घटना जुन २६ तारिखमा बेइजिङको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित ५२८ मिटर अग्लो सीआईटीआईसी टावरसँग दुई सिटे हल्का विमान ठोक्किँदा भएको हो।  

विमान टावरको १०८औँ तलामा ठोक्किएपछि दुर्घटना भएको जनाइएको छ।

दुर्घटनामा विमानका एक मात्र पाइलटको मृत्यु भएको छ भने विमानका टुक्रा भुइँमा खस्दा तल रहेका १३ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ।

घटनापछि चिनियाँ अधिकारीहरूले अनुसन्धान सुरु गरे पनि दुर्घटनाको वास्तविक कारण अझै सार्वजनिक गरिएको छैन।

प्रतिबन्धसँगै देशभर निजी तथा मनोरञ्जनात्मक हल्का विमानहरूको उडान तत्कालका लागि रोकिएको छ।

यद्यपि, चिनियाँ सरकारले यसबारे औपचारिक सार्वजनिक घोषणा भने गरेको छैन।

साथै, बेइजिङको करिब १०० वर्गकिलोमिटर क्षेत्रलाई स्थायी रूपमा नो–फ्लाई जोन घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले जनाएको छ।  

उक्त क्षेत्रमा तियानआनमेन स्क्वायर र उच्च सुरक्षा संवेदनशील सरकारी क्षेत्रहरू पर्ने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ।

विशेष अवसर र राजनीतिक संवेदनशील समयलाई ध्यानमा राख्दै चीनले हवाई सुरक्षा र निजी उड्डयन नियमन अझ कडा बनाउने संकेत गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.