आईतवार, कार्तिक ८,२०८३ 09:25:58
  • आईतवार, कार्तिक ८,२०८३ 09:25:58
Global IME Bank Limited

न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

Bizshala
न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
New Office

काठमाण्डौ । चितवनमा न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार वटा खाद्य उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरेको हो।

पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध मात्रै दुई वटा मुद्दा दर्ता गरिएको छ भने अन्य तीन उद्योगविरुद्ध एक÷एक वटा मुद्दा दर्ता गरिएको छ।

कार्यालयका अनुसार रिजाल फुड्सले उत्पादन गर्ने दालमोठ र नमकिन मिक्सचर ९दालमोठ० को गुणस्तर न्यून पाइएपछि कानुनी कारबाही अघि बढाइएको हो।

त्यस्तै, खैरहनीस्थित ओमकार आयल इन्डष्ट्रिज विरुद्ध आयातित तोरीको गेडाबाट उत्पादन गरिएको तोरीको तेलको गुणस्तर कमजोर भएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसैगरी, भरतपुरस्थित नौलो फुड्स इन्डष्ट्रिज ले उत्पादन गर्ने सिटिसी चिया असलाको गुणस्तर तथा रत्ननगरस्थित आचार्य फुड उद्योगले उत्पादन गर्ने चुक अमिलोको गुणस्तर कमजोर देखिएपछि ती उद्योगविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

कार्यालयले कारबाहीमा परेका उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गत आर्थिक वर्षमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभिन्न अनुगमनसमेत गरेको छ। कार्यालयले आकस्मिक खाद्य स्वच्छता अनुगमन १० पटक, खाद्य बजार अनुगमन ९२ पटक, दाना बजार अनुगमन २० पटक तथा होटल तथा रेष्टुराँ अनुगमन ६३ पटक गरेको जनाएको छ।

यस अवधिमा ८७ वटा खाद्य उद्योग र २२ वटा दाना उद्योगको अनुगमन गरिएको कार्यालयले जनाएको छ। साथै, हाटबजार, मेला तथा महोत्सवमा चार पटक अनुगमन, आहारपूरक खाद्य पदार्थको ११ पटक निरीक्षण तथा विद्यालय र अस्पतालका क्यान्टिनमा आठ पटक अनुगमन गरिएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.