शनिबार, आश्विन १७,२०८३ 02:02:15
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 02:02:15
Bizshala
Global IME Bank Limited

अमेरिकी प्रतिबन्ध पछि हुवावेको बाउन्सब्याक, नाफामा ५६४% को उछाल

Bizshala
अमेरिकी प्रतिबन्ध पछि हुवावेको बाउन्सब्याक, नाफामा ५६४% को उछाल
New Office

काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजको नाफामा ५६४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा १९.६५ बिलियन युआन(२.७१ बिलियन डलर)नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५६४ प्रतिशतले धेरै हो ।  

अमेरिकी प्रतिबन्धबाट तंग्रिरहेको हुवावेले यो अवधिसम्म १७८.५ बिलियन युआनबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ३७ प्रतिशतले धेरै हो ।  

तर कम्पनीले कुन बिजनेश युनिटले कति आर्जन गरे भन्ने बारे भने केहि पनि खुलाएको छैन ।  

हुवावेका प्रवक्ताले डिजिटलाइजेशन, इन्टिलिजेन्स र डिकार्बनाइजेशनका कारण कम्पनीको आम्दानीमा उछाल आएको बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत वर्ष हुवावेले वितको ४ वर्षकै तीव्र आम्दानी गरेको थियो । कम्पनीले कन्ज्युमर सेग्मेन्ट र कार कम्पोनेन्ट जस्ता नयाँ व्यवसायबाट राम्रो आम्दानी गरेको थियो ।  

सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएपछि कम्पनीको स्मार्टफोनको व्यवसायमा गिरावट आएको थियो । गत वर्ष कम्पनीले घरेलु स्तरमा निर्माण भएको चिप प्रयोग गरेर उच्च प्रविधिको स्मार्टफोन ल्याएको थियो । यसले एप्पलको चिनियाँ बजार हिस्सा आगटेको थियो ।  

गत वर्ष चीनमा एप्पलको बजार हिस्सा १९.७ प्रतिशतबाट झरेर १५.७ प्रतिशतमा सीमित बनेको थियो ।  हुवावेले यो महिनादेखि बहुप्रतिक्षित हाई–इन्ड पु्रा स्मार्ट फोन बेच्न  सुरु गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.