काठमाण्डौ । जिल्ला भन्सार कार्यालय सप्तरी तिलाठी बेल्हीले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९० प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण रहेर आवागमन प्रभावित हुँदाहुँदै पनि कार्यालयले सन्तोषजनक राजस्व उठाएको जनाएको छ।
आव २०८२/८३ का लागि रु ८ करोड १७ लाख १५ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो। त्यसमध्ये लक्ष्यको ९०.१ प्रतिशत अर्थात् रु ७ करोड ४२ लाख राजस्व सङ्कलन भएको हो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा भने कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको थियो।

