शुक्रबार, श्रावण १५,२०८३ 04:52:17
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 04:52:17
Bizshala
Global IME Bank Limited

माइतीघरमा नागरिक अगुवाको सद्भाव र्‍याली, सामाजिक एकताको सन्देश

माइतीघरमा नागरिक अगुवाको सद्भाव र्‍याली, सामाजिक एकताको सन्देश
New Office

 

काठमाण्डौ ।  शान्ति, सद्भाव र सामाजिक एकताको आह्वान गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली निकालिएको छ।

देशका विभिन्न स्थानमा द्वन्द्व र तनावका घटना बढ्न थालेपछि धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न नागरिक अगुवाहरूले र्‍याली आयोजना गरेका हुन्।

र्‍यालीमार्फत तराई–मधेशमा देखिएको अशान्ति तत्काल रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिन नदिन र सबै समुदायबीच आपसी सम्मान तथा सहकार्य कायम गर्न सार्वजनिक अपिल गरिएको छ।

सहभागीहरूले ‘एक नेपाली, साझा जिम्मेवारी’, ‘सबैको सम्मान, सबैको सुरक्षा’, ‘सबैको नेपाल’, ‘विविधतामा एकता’ र ‘एकतामा शक्ति’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

र्‍यालीमा विभिन्न पेसा, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने नागरिक अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.