आईतवार, श्रावण १७,२०८३ 04:41:56
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 04:41:56
Bizshala
Global IME Bank Limited

सप्तरीमा कर्फ्यु हटाइयो, राजबिराज र बोदेबरसाइनका तोकिएका क्षेत्रमा निषेधाज्ञा कायम

सप्तरीमा कर्फ्यु हटाइयो, राजबिराज र बोदेबरसाइनका तोकिएका क्षेत्रमा निषेधाज्ञा कायम
New Office

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाएको छ। आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको हो ।

यद्यपि, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले दुवै नगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

राजबिराज नगरपालिकामा पूर्वतर्फ खाडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरतर्फ रुपनी रोडको बसविट्टी र दक्षिणतर्फ कोसी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका) सम्म निषेधाज्ञा लागू गरिएको छ।

त्यसैगरी, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्म निषेधाज्ञा कायम रहने प्रशासनले जनाएको छ।

प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गर्दै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.