आईतवार, आश्विन १८,२०८३ 08:49:19
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:49:19
Bizshala
Global IME Bank Limited

आवश्यकताभन्दा बढी ग्यास संकलन नगर्न तथा अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह

Bizshala
आवश्यकताभन्दा बढी ग्यास संकलन नगर्न तथा अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह
New Office

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा देखिएको एलपी ग्यासको असहज अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास संकलन नगर्न तथा अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ।

संघका अनुसार केही समयअघि अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि ७.१ केजी (आधा) सिलिन्डर वितरण गरिएको थियो। हाल अन्तर्राष्ट्रिय अवस्था सामान्य बन्दै गएको, ग्यास आयात नियमित भएको तथा उपभोक्ताको माग पुनः १४.२ केजी (पूर्ण) सिलिन्डरतर्फ केन्द्रित भएकाले पूर्ण सिलिन्डर वितरण व्यवस्था पुनः लागू गरिएको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संघले बजारमा देखिएको ग्यास अभावको मुख्य कारण पछिल्लो चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात हुनु, लामो समयसम्म आधा सिलिन्डर प्रणाली लागू रहनु तथा ग्यास अभाव हुने आशंकाले उपभोक्ताले एकैपटक सबै खाली सिलिन्डर भर्न खोज्नु रहेको उल्लेख गरेको छ।

संघले नेपाल आयल निगम, ग्यास उद्योग, वितरक र उपभोक्ताबीच समन्वय र सहकार्य भए छोटो समयमै बजारलाई सहज बनाउन सकिने विश्वास व्यक्त गरेको छ। पर्याप्त ग्यास मौज्दात भएका उपभोक्ताले तत्काल लाइनमा नबस्ने, वितरकले पारदर्शी र व्यवस्थित रूपमा ग्यास वितरण गर्ने, उद्योगहरूले नियमित आपूर्ति सुनिश्चित गर्ने तथा नेपाल आयल निगमले बजार सामान्य नहुँदासम्म आवश्यकताअनुसार थप ग्यास आयात गर्ने हो भने समस्या समाधान हुने संघको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सबै पक्षलाई इमान्दार र जिम्मेवार भएर बजारलाई यथाशीघ्र सहज बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.