आईतवार, कार्तिक ८,२०८३ 12:40:57
  • आईतवार, कार्तिक ८,२०८३ 12:40:57
Global IME Bank Limited

नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु. १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम

Bizshala
नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु. १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम
New Office

काठमाण्डौ । नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस)ले २०८३ साल असार महिनामा मात्र १२ खर्ब भन्दा बढिको कारोबारहरु फर्छ्यौट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धी हासिल गरेको छ । देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको हालको परिपेक्षमा यसले नेपाललाई रियल टाइम पेमेन्टको क्षेत्रमा उदाउँदै गरेको अर्थतन्त्र मध्ये एकको रुपमा स्थापित पनि गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा आरपीएस मार्फत रु. ९३ खर्ब बराबरका रियल–टाइम कारोबारहरू फर्छ्यौट भएको छ, जुन सोही अवधिको तुलनामा चेकमार्फत भएका कारोबारको कुल रकम भन्दा पनि निकै बढि हो ।

यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवा प्रदायक तथा सरकारी निकायहरू बीच अन्तरआवद्ध डिजिटल भुक्तानी प्रणाली प्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई समेत उजागर गरेको छ । यस उपलब्धिले डिजिटल कारोबारको संख्यामा भएको वृद्धिलाई झल्काउनुका साथै नेपालको अन्तरआवद्ध भुक्तानी प्रणालीको परिपक्तालाई पनि प्रतिबिम्बित गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस रिटेल पेमेन्ट स्विचको प्ल्याटफर्म एक महत्वपूर्ण राष्ट्रिय वित्तीय पूर्वाधारका रुपमा रही  सुरक्षित, विश्वसनीय र ठूलो संख्यामा कारोबार फर्छ्यौट  गर्न सक्षम रहेको प्रमाणित गरेको छ । नोभेम्बर २०२१ मा सञ्चालनमा आएको आरपीएस, नेशनल पेमेन्ट स्विचको एक महत्वपूर्ण हिस्साको रुपमा एनसीएचएलले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप कार्यान्वयन तथा सञ्चालन गर्दै आएको हो । साझा राष्ट्रिय भुक्तानी पूर्वाधारका रूपमा विकास गरिएको आरपीएसले बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (पीएसओ), भुक्तानी प्रणाली सञ्चालक (पीएसपी) तथा सरकारी निकायहरूबीच सुरक्षित, रियल–टाइम तथा बैंक खातामा आधारित भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

हाल आरपीएसले नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउने विभिन्न अन्तरआवद्ध भुक्तानी सेवाहरूका लागि एकीकृत कारोबार प्रोसेसिङ्ग प्लेटफर्मका रूपमा काम गर्दै आइरहेको छ । 

यसअन्तर्गत रियल–टाइम अकाउन्ट–टु–अकाउन्ट ट्रान्स्फर, अन्तरआवद्ध नेपालपे क्यूआर भुक्तानी, एनपीआई मार्फत मोबाइल बैंकिङ तथा डिजिटल वालेटबाट हुने भुक्तानी, अनलाइन मर्चेन्ट पेमेन्ट, बिलर गेटवेमार्फत युटिलिटी तथा बिल भुक्तानी, NEPALPAY Request मार्फत रिक्वेस्ट–टु–पे, NEPALPAY Instant मार्फत VPA based ट्रान्स्फर, सुरक्षित account tokenization, NEPALPAY Tap मार्फत NFC-based account-to-account पेमेन्ट तथा च्त्न्क् प्रणालीसँग इन्टिग्रेट भएको मल्टील्याटरल नेट सेटलमेन्ट लगायतका सेवाहरू उपलब्ध रहेका छन् । एनपीएसले यस्ता विभिन्न भुक्तानी इस्ट्रुमेन्टलाई एउटै साझा पूर्वाधारमा इन्टिग्रेट गरी छुट्टाछुट्टै भुक्तानी नेटवर्कहरूमा जोडिनुपर्ने आवश्यकता हटाउनुका साथै समग्र वित्तीय प्रणालीमा नवीनतम प्रयोगहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

विश्वभर हेर्दा पनि अन्तरआवद्ध रियल–टाइम भुक्तानी प्रणालीहरू एक रणनीतिक राष्ट्रिय पूर्वाधारका रूपमा स्थापित भइरहेका छन् । भारतको UPI, ब्राजिलको Pix, थाइल्यान्डको PromptPay, सिंगापुरको PayNow, मलेसियाको DuitNow तथा इन्डोनेसियाको BI-FAST ले साझा भुक्तानी पूर्वाधारमार्फत डिजिटल व्यापारलाई तीव्रता दिन, वित्तीय समावेशीकरण विस्तार गर्न तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सकिने कुरा प्रमाणित गरिसकेका छन् । 

नेपालको नेशनल पेमेनट स्विच पनि सोही अवधारणामा आधारित रही बैंक, वित्तीय सेवा प्रदायक, व्यवसाय, सरकारी निकाय तथा फिनटेक नवप्रवर्तकहरूलाई साझा मापदण्ड मार्फत जोड्ने अन्तरआवद्ध प्लेटफर्मको रूपमा विकास हुँदै गएको छ । 

यद्यपि यी धेरै देशहरूको तुलनामा नेपालको अर्थतन्त्रको आकार सानो भएतापनि दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग गर्ने आधुनिक डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको प्रमुख अंशको रुपमा स्थापित हुँदै गएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.