काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिम समुदायबाट आए पनि हिन्दू राष्ट्रको एजेन्डा बोकेको पार्टीमा रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राप्रपाले धार्मिक विभाजन वा द्वन्द्व सिर्जना गर्ने खालको हिन्दू राष्ट्रको पक्षमा नरहेको स्पष्ट पारे।
सांसद भाटले नेपाल सबै धर्म र समुदायको साझा देश भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राख्नुपर्ने बताए। ‘सबै धर्मलाई सद्भाव देखाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली हौँ,’ उनले भने।
उनले विश्वका विभिन्न देशहरूले धार्मिक पहिचानसँग जोडिएका राष्ट्रिय पहिचान कायम गरेको उल्लेख गर्दै नेपालमा पनि हिन्दू सभ्यतासँग जोडिएको पहिचानको विषय उठाइएको बताए।
‘म मुस्लिमको छोरा भएर पनि हिन्दू राष्ट्रकै पार्टीमा छु,’ भाटले भने, ‘तर यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।