मंगलवार, श्रावण १९,२०८३ 06:13:11
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:13:11
Bizshala
Global IME Bank Limited

देशभर एन्टी स्नेक भेनमको अभाव छैन : स्वास्थ्यमन्त्री मेहता

देशभर एन्टी स्नेक भेनमको अभाव छैन : स्वास्थ्यमन्त्री मेहता
New Office

 

 काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशका बिरामीको उपचारका लागि आवश्यक एन्टी स्नेक भेनमको देशभर अभाव नरहेको दाबी गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले देशका विभिन्न स्वास्थ्य संस्थामा हाल एक हजार २६९ भायल एन्टी स्नेक भेनम मौज्दात रहेको जानकारी दिइन्।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार उक्त औषधि केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रहरूमा उपलब्ध रहेको छ।

हाल उपलब्ध एन्टी स्नेक भेनमबाट विषालु तथा अविषालु सर्पले टोकेका करिब ८५० जना बिरामीको उपचार गर्न सकिने प्राविधिक आकलन गरिएको मन्त्री मेहताले बताइन्।

उनका अनुसार थप १३ हजार २०० भायल एन्टी स्नेक भेनम खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ। उक्त औषधि साउन मसान्तसम्म आपूर्ति हुने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिइन्।

तत्काल अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी एन्टी स्नेक भेनमको आपूर्ति र वितरण व्यवस्थित बनाइएको उनको भनाइ छ। सरकारले यसको दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ काम गरिरहेको पनि उनले बताइन्।

मन्त्री मेहताले सर्पले टोकेपछि बिरामीलाई झारफुक वा घरायसी उपचारमा अल्झाएर नराख्न आग्रह गरिन्। सर्पदंश भएको अवस्थामा बिरामीलाई तत्काल नजिकको उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्नेमा उनले जोड दिइन्।

उनले रेबिजविरुद्ध प्रयोग हुने खोपको आपूर्तिमा पनि समस्या नरहेको बताइन्। स्वास्थ्य सेवा विभागले दुई लाख ७४ हजार भायल रेबिजविरुद्धको खोप खरिदका लागि सम्झौता गरिसकेको र त्यसमध्ये एक लाख ९० हजार भायल गत साता आपूर्ति भइसकेको जानकारी दिइन्।

देशभर आवश्यक औषधि तथा खोपको उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री मेहताको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.