काठमाण्डौ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार गाउँपालिकाबाट हुने भुक्तानी रकममा कमिसन माग गरेको सूचनाका आधारमा निगरानी गरिएको थियो। सोही क्रममा अख्तियारको टोलीले तामाङलाई काठमाडौं महानगरपालिका–१६, बालाजुबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धानका लागि म्याद थप प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।