शुक्रबार, भाद्र ५,२०८३ 07:36:52
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 07:36:52
Bizshala
Global IME Bank Limited

फाइनान्स कम्पनीमा नाफाको ‘बम्पर’ वृद्धि, तर अधिकांशले लाभांश बाँड्न नसक्ने

फाइनान्स कम्पनीमा नाफाको ‘बम्पर’ वृद्धि, तर अधिकांशले लाभांश बाँड्न नसक्ने
New Office

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म १४ फाइनान्स कम्पनीहरुले समग्रमा १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४४.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीहरुले समग्रमा ६७ करोड ४ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

कम्पनीहरुको ब्याज आम्दानीमा देखिएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धि देखिएको हो । साथै अघिल्लो आर्थिक वर्षमा करोडौं घाटा ब्यहोरेका तीन कम्पनी गत आवमा नाफामा उक्लिएका छन्, जसकारण समग्र नाफा बढेको देखिएको हो ।  

गत आवमा नेपाल फाइनान्सबाहेक सबै कम्पनीमा नाफामा देखिएका छन् । सबैभन्दा बढी मन्जुश्री फाइनान्सले ३७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २०.३६ प्रतिशत वृद्धि भएको छ ।  

यता नेपाल फाइनान्सले भने गत आवमा ६ करोड ९६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आवमा कम्पनीले ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

अघिल्लो आवको तुलनामा गत आवमा रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको नाफा घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ ।  

यता कम्पनीहरुको ब्याज आम्दानीमा सुधार देखिदा पनि नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा फाइनान्स कम्पनीहरुले ३ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यो आम्दानी अघिल्लो आवको तुलनामा ७.०७ प्रतिशत बढी हो ।  

अधिकांशको एनपीएलमा सुधार  

गत आर्थिक वर्षमा अधिकांश फाइनान्स कम्पनीको खराब कर्जा अनुपात (एनपीएल)मा सुधार देखिएको छ ।  

कम्पनीहरुको एपनीएल सुधारिएका कारण ब्याज आम्दानी बढेर नाफामा वृद्धि देखिएको हो ।  

वित्तीय विवरणअनुसार ९ फाइनान्स कम्पनीले एनपीएल सुधार गरेको छ भने ५ कम्पनीको भने वृद्धि भएको छ ।  

तर गत आवमा ८ संस्थाको एनपीएल भने ५ प्रतिशत भन्दा माथि छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपातको अवस्था ५ प्रतिशत वा सो भन्दा कम भएमा स्वस्थ वित्तीय अवस्था भएको मानिन्छ भने त्यो भन्दा बढी भएमा जोखिम बढेको मानिन्छ ।  

गत आवमा सबैभन्दा धेरै एनपीएल जानकी फाइनान्सको ६१.५५ प्रतिशत छ । कम्पनीको यस्तो सूचक १२.९४ अंकले बढेको छ ।  

सबैभन्दा कम आइसीएफसी फाइनान्सको १.८४ प्रतिशत रहको छ । कम्पनीले यस्तो अवस्था ०.२९ अंकले कम गरेर १.५५ प्रतिशत कायम गरेको छ ।  

अधिकांश लाभांश दिन नसक्ने अवस्थामा !

फाइनान्स कम्पनीहरुले खुद नाफामा उल्लेख्य सुधार गरेपनि वितरणयोग्य मुनाफा अर्थात् लाभांश क्षमता भने अधिकांशको ऋणात्मक देखिएको छ ।  

गत आवको वित्तीय विवरणअनुसार ८ कम्पनीको लाभांश क्षमता ऋणात्मक छ, अर्थात् उक्त कम्पनीहरुले गत आवको मुनाफाबाट यस वर्षका लागि लगानीकर्तालाई कुनै खालको लाभांश बाँड्न सक्दैनन् ।  

बाँकी ५ कम्पनीको लाभांश क्षमता धनात्मक देखिएपनि गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको भने जम्मा ०.९९ प्रतिशत मात्रै छ । यसर्थमा कम्पनीले पनि यो वर्षको लागि लाभांश नबाँड्ने देखिन्छ ।  

सबैभन्दा बढी लाभांश क्षमता भने मन्जुश्री फाइनान्सको ३१.१३ प्रतिशत रहेको छ ।  

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.