काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनी हरिकुमार प्रसाईको नाममा कायम रहेको ११ हजार ७५० कित्ता संस्थापक सेयर नामसारीका लागि ३५ दिने हकदाबी सूचना जारी गरेको छ।
बैंकका अनुसार संस्थापक सेयरधनी प्रसाईको मिति २०८३र०८/२७ मा मृत्यु भएको जानकारी उनका हकवालाले गराएका छन्। उनको नाममा कायम रहेको ११ हजार ७५० कित्ता संस्थापक सेयर हकवाला श्रीमती धर्मा पराजुली प्रसाईको नाममा नामसारी गरिदिन रीतपूर्वक निवेदन पेस भएको बैंकले जनाएको छ।
उक्त सेयरमा कसैको हकदाबी लाग्ने भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित बैंकको सेयर रजिष्ट्रारको कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौंमा हकदाबी गर्न बैंकले आग्रह गरेको छ।
तोकिएको अवधिभित्र कुनै हकदाबी नपरेमा आवश्यक प्रक्रिया पूरा गरी निवेदनमा माग भएबमोजिम हकवालाको नाममा उक्त सेयर नामसारी गरिने बैंकले स्पष्ट पारेको छ। बैंकले म्याद समाप्त भएपछि वा रीतपूर्वक प्राप्त नभएका निवेदनमाथि कुनै कारबाही नहुनेसमेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।