बुधबार, आश्विन १४,२०८३ 11:55:59
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 11:55:59
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी बनाउने तयारी, मिति भने अझै तय छैन

Bizshala
प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी बनाउने तयारी, मिति भने अझै तय छैन
New Office

 

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणलाई परिणाममुखी बनाउने गरी तयारी भइरहेको बताएका छन्। भ्रमणको औपचारिक मिति भने अहिलेसम्म तय नभएको उनले स्पष्ट पारे।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ सरकार गठनलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा आएको बताए।

उनका अनुसार सरकारले उक्त निमन्त्रणालाई सकारात्मक रूपमा लिएको छ र दुवै पक्षलाई उपयुक्त हुने समयमा भ्रमण गर्ने तयारी छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘सरकार गठनलगत्तै सम्माननीय प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आएको थियो। त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ उनले भने, ‘उपयुक्त समय मिलाएर भ्रमणलाई सकेसम्म परिणाममुखी बनाउने हाम्रो तयारी छ।’

प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रश्नमा मन्त्री खनालले अहिलेसम्म निश्चित मिति तय नभएको बताए।

उनले भ्रमण केवल औपचारिकतामा सीमित नभई नेपाल–भारत सम्बन्धसँग जोडिएका विषयमा ठोस उपलब्धि हासिल गर्ने खालको होस् भन्ने अपेक्षा दुवै पक्षको रहेको बताए।

‘अहिलेसम्म भ्रमणको मिति यकिन भइसकेको छैन,’ उनले भने, ‘तर भ्रमण फलदायी र परिणाममुखी होस् भन्ने चाहना र अपेक्षा दुवै पक्षको छ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.