बुधबार, आश्विन १४,२०८३ 05:43:37
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:43:37
Bizshala
Global IME Bank Limited

माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना ठप्प, १४.३ मेगावाट उत्पादन बन्द

Bizshala
माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना ठप्प, १४.३ मेगावाट उत्पादन बन्द
New Office

काठमाण्डौ ।  भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले आयोजनाको प्रसारण पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएपछि १४.३ मेगावाट क्षमताको आयोजना सञ्चालनविहीन बनेको हो।

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई उपलब्ध गराएको विवरणअनुसार २०८३ भदौ १० गते बिहान करिब १ बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले आयोजना तथा सम्बन्धित प्रसारण संरचनामा क्षति पुर्‍याएको थियो। आयोजना रसुवाको उत्तरगया गाउँपालिका–१ मा अवस्थित छ। 

कम्पनीका अनुसार आयोजनाका पावरहाउस, टनेल, इन्टेक तथा बाँधलगायत मुख्य भौतिक संरचनामा प्रत्यक्ष क्षति पुगेको छैन। तर नेपाल विद्युत प्राधिकरणको नुवाकोटस्थित त्रिशूली–३ बी हब सबस्टेशनमा जडान गरिएको आयोजनाको ग्रिड कनेक्सन–बे (Grid Connection Bay) बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।

त्यस्तै, आयोजनाको प्रसारण लाइनका टावर AP27 र AP28 मा समेत बाढीले क्षति पुर्‍याएको छ। यही कारण आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकिने अवस्था सिर्जना भएको कम्पनीले जनाएको छ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१४.३ मेगावाट विद्युत उत्पादन रोकियो

बाढीपछि आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। कम्पनीले आफ्नो अनुमानित उत्पादन क्षमता १४.३ मेगावाट रहेको उल्लेख गरेको छ।

उत्पादन तथा प्रसारण दुवै अवरुद्ध हुँदा कम्पनीको नियमित नगद प्रवाहमा प्रत्यक्ष असर परेको छ। विद्युत बिक्रीबाट हुने आम्दानी रोकिँदा बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न कठिनाइ सिर्जना हुने अवस्था आएको कम्पनीको भनाइ छ।

यससँगै आयोजनाका कर्मचारीको पारिश्रमिक, सञ्चालन खर्च तथा अन्य नियमित दायित्व पूरा गर्नसमेत दबाब पर्ने कम्पनीले जनाएको छ।

पुनः सञ्चालनमा आउन करिब ७ महिना लाग्न सक्ने

कम्पनीको प्रारम्भिक अनुमानअनुसार क्षतिग्रस्त AP27, AP28 प्रसारण टावर, ग्रिड कनेक्सन–बे तथा सम्बन्धित उपकरण पुनःस्थापना गर्न करिब सात महिना लाग्न सक्ने देखिएको छ।

सो अवधिसम्म नेपाल विद्युत प्राधिकरणले वैकल्पिक विद्युत प्रसारणको व्यवस्था गर्न सके आयोजनाबाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले बाढीबाट भएको क्षतिको वास्तविक मूल्यांकन तथा ‘कस्ट इस्टिमेसन’ गर्ने कामसमेत अघि बढाएको छ। प्रारम्भिक निरीक्षणपछि प्राविधिक तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी प्रसारण संरचना पुनर्स्थापना गर्ने तयारी भइरहेको छ।

कम्पनीका अनुसार क्षतिग्रस्त संरचनाको बीमा गरिएको छ र बीमा कम्पनीसमक्ष दाबीसमेत पेश गरिएको छ।

बाढीका कारण त्रिशूली–३ बी हब सबस्टेशनमा पनि ठूलो क्षति पुगेकाले आयोजनाबाट उत्पादित विद्युत तत्काल प्रसारण तथा वितरण गर्न नसकिने अवस्था रहेको छ।

कम्पनीले कर्मचारी तथा कामदारको सुरक्षा सुनिश्चित गर्दै आयोजना क्षेत्रका मुख्य संरचनाको प्रारम्भिक निरीक्षण गरिसकेको जनाएको छ। क्षतिको पूर्ण विवरण आएपछि पुनःसञ्चालनका लागि आवश्यक थप कदम अघि बढाइने कम्पनीको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.