मंगलवार, भाद्र २,२०८३ 06:51:00
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 06:51:00
Bizshala
Global IME Bank Limited

अमेरिकाद्वारा चिनियाँ वस्तुमा शतप्रतिशतसम्म कर लगाउने घोषणा

अमेरिकाद्वारा चिनियाँ वस्तुमा शतप्रतिशतसम्म कर लगाउने घोषणा
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सामानमा शतप्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । बाइडेनले चीनबाट आयात हुने ईभी सवारी साधन,ब्याट्री,स्टील, सौर्य सेल र आल्मुनियम जस्ता वस्तुमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् ।  

यससँगै अमेरिकाले चीनबाट आयात हुने विद्युतीय सवारीमा १०० प्रतिशत,सेमीमन्डक्टरमा ५० प्रतिशत,ब्याट्रीमा २५ प्रतिशत सौर्य प्यानलमा ५० प्रतिशत र स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने भएको छ ।  

राष्ट्रपति निवास ह्वाइट हाउसको रोज गार्डेनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडेनले अमेरिकाले आफ्नो इच्छाअनुरुप कुनै पनि कार खरिदलाई निरन्तरता दिन सक्ने र चीनलाई अमेरिकी कार बजारमा नियन्त्रण राख्न अनुमति नदिइने बताए । उनले भने,‘म चीनसँग निष्पक्ष प्रतिस्पर्धा चाहन्छु, संघर्ष होइन । हामी चीनविरुद्ध २१ औं शताब्दीको आर्थिक प्रतिस्पर्धा जित्नका लागि कुनै अन्यको तुलनामा अधिक मजबुत अवस्थामा छौं । किनकी हामी पुनःअमेरिकामा लगानी गर्दैछौं ।’

Bizshala
CG Motors

बाइडेनले चीनले अतिरिक्त उत्पादनलाई अनुचित रुपमा कम मूल्यमा बजारमा ‘डम्प’ गरेको र यसले विश्वका अन्य उत्पादक तथा व्यवसायीलाई विस्थापित गरेको आरोप लगाए । ‘चिनियाँ वस्तुको मूल्य अनुचित रुपमा कम छ किनभने चिनियाँ कम्पनीहरुलाई मुनाफाको चिन्ता गर्नुपर्ने आवश्यक नै छैन । चीनको सरकारले ती कम्पनीहरुलाई अनुदान दिने भएकाले कम्पनीहरु मुनाफाका बारेमा कम सोच्ने गर्छन ।’बाइडेनले भने ।-एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.