बिहीबार, कार्तिक १९,२०८३ 02:37:41
  • बिहीबार, कार्तिक १९,२०८३ 02:37:41
Global IME Bank Limited

विद्युत बिक्री घट्दा माथिल्लो मैलुङ घाटामा, वित्तीय लागत मात्रै ३.१६ करोड

Bizshala
विद्युत बिक्री घट्दा माथिल्लो मैलुङ घाटामा, वित्तीय लागत मात्रै ३.१६ करोड
New Office

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कम्पनीले ८७ लाख ५६ हजार ९७० रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५ लाख ७६ हजार ८०३ रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्रीबाट भने कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ५७ लाख १८ हजार २०९ रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विद्युत बिक्रीबाट १४ करोड ७८ लाख ५९ हजार ४५६ रुपैयाँ आम्दानी भएको थियो।

कम्पनीको सञ्चालन खर्च १ करोड २१ लाख १६ हजार ५९४ रुपैयाँ रहेको छ। प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३३ लाख ५८ हजार १६१ रुपैयाँ रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै मूल्यह्रास तथा अमोर्टाइजेसन खर्चसमेत उच्च रहेको छ। पहिलो त्रैमासमा कम्पनीले करिब २ करोड ६९ लाख ९० हजार रुपैयाँ अमोर्टाइजेसन खर्च देखाएको छ।

कम्पनीको वित्तीय लागत ३ करोड १६ लाख १० हजार ६५६ रुपैयाँ पुगेको छ। उच्च वित्तीय लागत तथा विद्युत बिक्री आम्दानीमा आएको गिरावटले कम्पनीको नाफामा दबाब परेको देखिन्छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक ०.८८ रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा प्रतिशेयर आम्दानी ११.१४ रुपैयाँ थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.७२ रुपैयाँ रहेको छ। त्यस्तै चालु अनुपात १.७० रहेको छ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने कुल इक्विटी ९९ करोड ७२ लाख १९ हजार ४०८ रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ५६ लाख ३१ हजार ५२४ रुपैयाँ ऋणात्मक छ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ३ अर्ब १३ करोड ३४ लाख ६२ हजार ९९४ रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण १ अर्ब ९१ करोड ३४ लाख ५७ हजार १४५ रुपैयाँ रहेको छ।

कम्पनीले वित्तीय विवरणमा गत भदौ १० गतेदेखि भारी वर्षाका कारण त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनमा बाढीले क्षति पुर्याएपछि विद्युत गृह बन्द रहेको उल्लेख गरेको छ। प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेपछि विद्युत उत्पादन र बिक्री प्रभावित भएको कम्पनीको भनाइ छ।

क्षतिको यकिन वित्तीय प्रभाव अझै निर्धारण हुन नसकेको कम्पनीले उल्लेख गरेको छ। नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी वैकल्पिक इन्टरकनेक्सनमार्फत विद्युत उत्पादन पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको कम्पनीले जनाएको छ।

माथिल्लो मैलुङ खोला जलविद्युतले १४.३ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.