शनिबार, श्रावण २३,२०८३ 02:20:21
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 02:20:21
Bizshala
Global IME Bank Limited

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि आज समाप्त हुँदै

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि आज समाप्त हुँदै
New Office

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज समाप्त हुँदैछ ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।  

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने  १५ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  

म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लक इन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.