काठमाण्डौ । कल्पना गुर्नस् त, तपाई म्याक्डोनल्ड आउटलेटमा गएर आफुलाई मन पर्ने परिकार पेटभरी खाएर एक सुक्को पनि तिर्नु नपर्दा कस्तो होला ? यस्तो सपना विश्वभरका मानिसहरुले देख्ने गर्छन होला सायद । तर तपाईलाई थाहा छ, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स यस्ता व्यक्ति हुन् जोसँग यो सुविधा उपलब्ध छ ।
बिल गेट्सले विश्वका कुनै पनि भागमा रहेको म्याक्डोनल्डमा गएर निःशुल्क खान सक्छन् । यसको जानकारी अमेरिकी सेयर बजारका ‘बादशाह’ उपनामले परिचित वारेन बफेटले गरेका हुन् । उनले आफू र गेट्ससँग एउटा यस्तो विशेष कार्ड भएको खुलासा गरेका छन्, जसको माध्यमबाट उनीहरुले म्याक्डोनल्डमा निःशुल्क खाना खान सक्छन् ।
वफेटले आफ्नो कार्डमा भन्दा गेट्सको कार्डको लिमिट धेरै भएको एक अन्तर्वार्तामा बताएका छन् । उनले आफ्नो विशेष कार्ड अमेरिकाको ओहामा शहरसम्म मात्रै सीमित रहेको र यो सुविधा जीसवनभरका लागि भएको बताएका छन् ।
बिल गेट्ससँग पनि यस्तो कार्ड भएको र उनको कार्डले भने म्याक्डोनल्डको विश्वभर रहेको रेष्टुरेन्टमा निःशुल्क खाना सकिने वफेटले बताएका छन् ।