बुधबार, असार ४,२०८२ 10:30:25
  • बुधबार, असार ४,२०८२ 10:30:25
Global IME Bank Limited

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

Hyundai Nepal
दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक
Nabil Bank Limited

काठमाण्डौ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । जखस्तानमा सम्पन्न प्रतियोगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले स्वर्ण पदकसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गरेकी छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिष्टले गत वर्ष भारतको हैदराबादमा सम्पन्न १०औं संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिर्मान बनाएकी थिइन् । त्यसअघि उनले किर्गिस्तानमा आयोजित नवौँ संस्करणमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आएकी हुन् । कजाकस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीहरुको सहभागी रहेको जनाइएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.