काठमाण्डौ। भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको छ। गत वैशाख २८ गते नै कम्पनी लिमिटेड बनेको इसेवाले जनाएको छ।
यसबीच कम्पनीले सोही नाम गुगल प्ले स्टोरमा समेत अपडेट गरेको छ। नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले बताएको छ।
अहिले सबै काम सकिएपछि एप फेरि प्लेस्टोरमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।
इसेवा स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो।
कम्पनी लिमिटेडमा रूपान्तरण भएपछि इसेवाको बिजनेस भेरिफिकेसन गर्न समय लागेको कम्पनीले जनाएको छ।