बुधबार, असार ४,२०८२ 10:29:46
  • बुधबार, असार ४,२०८२ 10:29:46
Global IME Bank Limited

हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध

Hyundai Nepal
हिंसात्मक भएको भन्दै तालिबानले लगायो एमएमए बक्सिङमाथि प्रतिबन्ध
Nabil Bank Limited

काठमाण्डौ । तालिबान नेतृत्वको सरकारले अफगानिस्तानमा मार्सल आट्स(एमएमए)बक्सिङमा प्रतिबन्ध लगाएको छ । इस्लामिक कानून अनुसार हिंसात्मक भएकाले एमएमए बक्सिङमाथि प्रतिबन्ध लगाएको तालिबानले जनाएको छ ।  

तालिबान सरकारका खेलकुद विभागका एक अधिकारीले स्थानिय टेलिभिजनसँग अन्तर्वार्ता दिदै एमएमए धेरै हिंसात्मक भएको र यसले ज्यान समेत जाने सक्ने बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरिया कानून अनुसार अनुपयुक्त भएको निष्कर्षपछि अफगानिस्तानको नैतिकता प्रहरीले एमएमए बक्सिङलाई प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ ।  

एमएमए अफगानिस्तानका युवाहरुमाझ निकै लोकप्रिय रहेको छ । अफगानिस्तानमा मिक्स्ड मार्सल आट्स फेडरेशनको स्थापना सन् २००८ मा भएको थियो । यस्तै अफगानिस्तान फाइटिङ च्याम्पियनशीप(एएफसी) र टु«ली ग्राण्ड च्याम्पियनशीपले दर्जनौ फाइटको आयोजना गरिसकेका छन् ।  

सुरक्षा चुनौतिका कारण एमएमएलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिले भने अहिलेसम्म मान्यता दिएको छैन ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.