रु. ५० दरका ४२ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई,राष्ट्रबैंकले गर्यो सम्झौता
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० दरका ४२ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । केन्द्रीय बैंकले चाइना बैंकनोट प्रिन्टिङ एण्ड माइन्टिङ कर्पोरेसनसँग कात्तिक २५ गते अमेरिकी डलर १ करोड ४ लाख २२ हजार ५३५.२१ मा करार सम्झौता भएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन कार्यालयले जनाएको छ ।

