हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा– २ लाई स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये उक्त शाखा स्थानान्तरण गरी काठमाण्डौ महानगरपालिका– २७, ठमेल, काठमाण्डौस्थित संचय कोष भवनबाट जेठ २५ गतेदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

