खातामा ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको My Profile मा ट्याप गरी Change Email विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् ।

