नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.२९ अंकले घटेर २ हजार ५९६.१२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले घटेर ४५१.५२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता...

