आरबीबी मर्चेन्ट बैंकिङले गर्यो १ अर्ब रुपैयाँको म्युचुअल फण्ड ल्याउने तयारी
काठमाण्डौ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फण्ड ल्याउने तयारी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँबरारको रु १० अंकितदरको कुल १० करोड ईकाई निष्काशनको तयारी गरेको हो । आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको ‘आरबीबी फोकस ४०’ नामक बन्दमुखी योजना सञ्चालन गर्ने प्रयोजनार्थ कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ ।

