सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा चैत मसान्तको दबाब कायमै’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६६ अंकले बढेर २ हजार ६७६.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४६.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड...

