दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा दोहोरो अंकको सुधार, सबै समूहमा हरियाली
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५० अंकले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको हो ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेर ४४४.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ९६ लाख ८० हजार १९५...

