अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘मनी फ्लो इन्डेक्समा ‘बुलिस डाईभर्जेन्स’
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज बजार सामान्य बढ्दा कारोबार भने गत भदौ १८ पछिकै उच्च भएको छ । गत भदौ १८ गते १३ अर्ब ५७ करोड कारोबार पछि आज ११ अर्ब ७२ करोडको कारोबार भएको छ । यसले बजारमा विस्तारै भोल्युममा भने सुुधार भएको देखिन्छ । बोलिङ्गर ब्याण्डमार्फत हेर्दा बजारले आजसम्म ३ पटक अपर ब्याण्डमा प्रतिरोध सामाना गरेको देखिन्छ ।...

