आज एशियाली सेयर बजारमा हरियाली, अमेरिकी बजार अल टाइम हाईको उचाईमा
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् । आज जापानको सेयर बजार निक्की२२५ सूचक ०.५८ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स पनि ०.५९ प्रतिशतले उकालो लागेको छ । जापानको राजधानी टोकियोको मुद्रास्फितीदर बढेर २.६ प्रतिशत पुगेको छ । जुन महिना भने यस्तो दर २.२ प्रतिशत थियो ।

